बैंकर्स संघसँग अर्थमन्त्रीको छलफल


काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल बैंकर्स संघसँग बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई लयमा ल्याउने विषयमा छलफल गरेका छन् । आईतवार मन्त्रालयमा बैंकर्स संघका पदाधिकारीसहित वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग बैंकको ब्याजदर कम गर्ने विषयमा छलफल गरेका हुन , मन्त्री महतले बैंकका सिइओहरुसँग अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले पु¥याउनुपर्ने योदानको विषयमा जानकारी गराएका हुन ।

छलफलपछि बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रका समस्या समाधान गरी अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको मनोबल माथि कसरी उठाउन सकिन्छ भन्ने विषयमा कुराकानी भएको बताए । उनले पछिल्लो समय बैंकको ब्याजदर कम हुँदै गएपनि अझै कम कसरी गर्न सकिन्छ भन्ने विषयमा अर्थमन्त्री महतले चासो राख्नुभएको बताए । उनले पछिल्लो समय अर्थतन्त्रका केही सूचकहरुमा सुधार हुँदै गएको र बैंकहरुमा तरलता पनि केही सहज हुँदा समेत निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र चलायमान कसरी बनाउने विषयमा छलफल केन्द्रित भएको बताए । उनले अर्थतन्त्रलाई बैंकिङ क्षेत्रले कसरी सकारात्मक बाटोमा लैजाने भुमिका खेल्नुपर्ने देखिएको भन्दै सबैलाई सकारात्मक सन्देश दिन आवश्यक रहेको बताए । उनले पछिल्लो समय बैंकको ब्याजदर आफै पनि बिस्तारै घट्दै गइरहेको बताए । उनले केही सयम अघि कर्जाको रेटहरु १३ प्रतिशत भन्दा माथि भए पनि अहिले १२.३ प्रतिशतमा आएको बताए। उनले , पछिल्लो समय अर्थतन्त्रका केही सूचकहरुमा सुधार हुँदै गएको छ । विशेष गरी वित्तीय क्षेत्रमा । बैंकहरुमा तरलता पनि केही सहज हुन खोजेको छ । तर पनि निजी क्षेत्रको मनोबल बनाउन र अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा बैंकिङ क्षेत्रमा कस्ता समस्या छन् । के गर्दा अर्थतन्त्रलाई चलामान र निजी क्षेत्रको मनोवल माथि उठाउन सकिन्छ भन्ने विषयमा कुराकानी भयो ।
अर्थतन्त्रलाई बैंकिङ क्षेत्रले कसरी सकारात्मक बाटोमा लान सकिन्छ भन्ने विषयमा बैंकका कार्यकारी प्रमुखहरुसँग छलफल गर्नुभयो । विशेषगरी बाहिर सकारात्मक सन्देश दिन आवश्यक छ । सकारात्मक सन्देश कसरी दिने भन्ने कुरामा पनि छलफल भयो । पछिल्लो समय बैंकको ब्याजदर आफै पनि बिस्तारै घट्दै गइरहेको अवस्था हो । केही सयम अघि पिकमा पुगेको ब्याजदर र कर्जाको रेटहरु १३ प्रतिशत भन्दा माथि भएको अवस्थामा अहिले आएर १२३ प्रतिशतमा पुगेको अवस्था छ । त्यसको निरन्तरता कसरी दिने भन्ने कुरा छ । बैंकको ब्याजदर निरन्तर घट्ने क्रम जारी छ । बैंकको वेस रेट ११ प्रतिशत पुगेको अहिले १०.०३ मा छ । त्यो कुरा पनि मन्त्रीज्युलाई जानकारी गरौं । पछिल्लो समय स्पेडदर ०.५ मात्रै घट्दा बैंकिङ क्षेत्रले २५ अर्ब रुपैयाँ बाहिर जाने अवस्था छ । बैंकको ब्याजदरलाई एक लेभलमा कसरी घट्नसक्छ भन्ने विषयमा छलफल भयो । अध्यक्ष केसीले बैंकको ब्याजदर कम गर्ने कुरालाई निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको बताउनु भयो । उहाँले बैंकको वेस रेट ११ प्रतिशतबाट घटेर १०.०३ मा झरेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *