भन्सारका कर्मचारीहरुलाई एक अर्कालाई विश्वास गरेर निगरानी गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीहरुलाई एक अर्कालाई विश्वास गरेर निगरानी गर्न निर्देशन दिएका छन् ।

आइतबार भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो निर्देशन दिएका हुन् । उनले कार्यालय प्रमुख र अरु, एकअर्काबीच समन्वयन गरेर चेकजाँचमा कडाई गर्न कडा निर्देशन दिएका हुन् ।

मन्त्री महतले भन्सार कार्यालयका कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न र कर्मचारीहरुको स्तरवृद्धि र क्षमता वृद्धिका लागि सरकारले पूर्ण सहयोग गर्ने समेत बताए ।

उनले हरेक कार्यालयलाई एक्सन प्लान बनाएर काम गरेर प्रदान गरिएको जिम्मेवारी पुरा गर्न पनि निर्देशन दिएका छन् । उनले कर्मचारीहरुले दिएको जिम्मेवारी कुनै प्रलोभवनमा नपरी गर्न सकेको अवस्थामा मात्र नेपाल सरकारमा सकरात्मक परिवर्तन देखा पर्ने बताए । भन्सारबाट भन्सार छली र अवैधानिक गतिविधि रोक्न भन्सारका कर्मचारीहरुले कर्तव्यनिष्ट भएर काम गर्नुपर्ने उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *