एशियन लाइफको दाबी भुक्तानीमा छलाङ
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक बर्ष २०७९।८० को चौथो त्रैमासमा खुद दाबी भुक्तानी ८०.७६ प्रतिशत बढेर २ अर्ब ८५ करोड ३७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५७ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीको जीवन बीमा कोष झण्डै ३७ अर्ब रुपैयाँ पुगेको छ । गत असारसम्म कम्पनीको जीवन बीमा कोषको आकार १६.८० प्रतिशत बढेर ३६ अर्ब ९० करोड ५५ लाख रुपैयाँ पुगेको छ । अघिल्लमे वर्षको सोही अवधिमा ३१ अर्ब ५९ करोड ८१ लाख रुपैयाँ रहेको थियो । गत असारसम्म कम्पनीको खुद बीमा शुल्क १ प्रतिशत बढेर ६ अर्ब ८४ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ ।
अघिल्लो वषृको सोही अवधिमा कम्पनीले ६ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको नाफा भने सामान्य घटेको छ । कम्पनीको खुद नाफा १६ प्रतिशत घटेर २४ करोड ६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २९ करोड १५ लाख ६४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । असारसम्म कम्पनीको चुक्ता पूँजी २४.२३ प्रतिशत बढेर ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ र जगेडा कोष ५७.८३ प्रतिशत घटेर २९ करोड १३ लाख रुपैयाँ छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६.६१ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ११४.८२ रुपैयाँ रहेको छ ।