कर्पोरेट डेभलपमेन्ट बैंकका सीईओ जोशीले दिए राजीनामा, कामु जिम्मेवारी पोख्रेललाई
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) त्रिलोकध्वज जोशीले राजीनामा दिएका छन् । बैंकका सीईओ जोशीले दिएको राजीनामा सञ्चालक समितिको साउन २५ गते बसेको बैठकले स्वीकृत समेत गरेको छ ।
साथै, बैंकको सञ्चालक समितिले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कायमुकायम सीईओको जिम्मेवारी बिपिनराज पोख्रेललाई दिएको छ । पोख्रेल नायव प्रमुख कार्यकारी अधिकृत हुन् ।