नक्कली भन्दै सक्कली प्रमाणपत्र भएका चिकित्सकलाई पक्राउ गरेकोमा चिकित्सक संघको आपत्ति


काठमाण्डौं । नेपाल चिकित्सक संघले नक्कली भन्दै सक्कली प्रमाणपत्र भएका चिकित्सकलाई पक्राउ गरेकोमा विरोध जनाएको छ । आज विज्ञप्तिमा जारी गर्दै संघका महासचिव डा.सन्जिव तिवारीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले चिकित्सकविरुद्ध चलाएको फोक्सट्रोट चार्लीमा कुनै पनि सरोकार नभएका चिकित्सकलाई नक्कली भनी पक्राउ गरेर समाजमा त्रसिद वातावरणको सिर्जना गर्नुका साथै चिकित्सकीय सेवालाई नै दुषित तुल्याउने कार्य गरेको बताएका छन् । उनले यस्तो प्रकारको त्रुटिपूर्ण अनुसन्धान प्रक्रियाको विश्वासनीयतामा समेत गम्भिर प्रश्न चिन्ह खडा भएको उल्लेख गर्दै विज्ञप्तिमा चिकित्सकीय तथा स्वास्थ्य सेवामा इमान्दारपूवर्क समर्पित भइरहेका जनशक्तिलाई त्रसित बनाउने, पद र अख्तियारको दुरुपयोग गर्ने कुनै पनि व्यक्ति जिम्मेवार पदमा रहिरहने अधिकारी नरहेको जनाइएको छ ।

‘यस कार्यमा संलग्न नेपाल मेडिकल काउन्सिलका पदाधिकारी तथा सीआईबीका अनुसन्धानकर्तामाथि अविलम्ब छानबिन गरी कडाभन्दा बडा कानूनी कारबाही गर्न नेपाल चिकित्सक संघ नेपाल सरकार, गृह मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । उक्त घटनालाई गम्भिर रुपमा लिई कानूनी कारबाही अगाडि नबढाइएको अवस्थामा यथासिघ्र कडा कदम चाल्न बाध्य हुने संघको चेतावनी छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले चिकित्सकविरुद्ध चलाएको फोक्सट्रोट चार्लीमा गत साउन २५ गते संघका आजीवन सदस्य समेत डा. रञ्जितकुमार यादवलाई नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरिएको थियो । तर, यादवको प्रमाणपत्र सक्कली रहेको खुलासा भएपछि सिआइबीले आज उनलाई रिहा गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *