बागमति प्रदेशका १३ अस्पतालमा क्याबिन र आईसीयूबाहेक बेड निःशुल्क


काठमाडौं । आउँदो भदौ १ गतेदेखि बागमति प्रदेशका सबै प्रादेशिक अस्पतालहरूमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै निःशुल्क रूपमा बिरामी भर्ना गर्न प्रदेश मातहतका अस्पतालहरूलाई निर्देशन दिएको छ ।

ती अस्पतालका क्याबिन, एनआईसियू र आईसीयूबाहेक अरू सबै शय्या निःशुल्क गरिनेछ । प्रदेश अन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८ सय ११ शय्या निःशुल्क उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । प्रदेशका १३ वटै आयुर्वेद केन्द्रलाई पनि रिह्याबिटेसन र फिजियोथेरापी सेवा निःशुल्क गर्न मन्त्रालयले पत्राचार गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *