रवि लामिछानेको टिप्पणी- संसद हाइज्याक भयो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद हाइज्याक भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठक पनि नेकपा एमालेको अवरोधका कारण सुचारु हुन नसकेपछि सभापति लामिछाने संसद हाइज्याक गरिएको टिप्पणी गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘संसद हाइज्याक भयो ।’
आजको बैठकमा पनि नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै अवरोध गरेको थियो । सभामुखले बैठक सुचारु गर्न खोजेपछि एमाले सांसदहरुले नाराबाजी गरेका थिए ।
प्रतिनिधि सभाको बैठक अब एक सातापछि बस्ने भएको छ । अर्को बैठक भदौ ३ गते आइतबारका लागि बोलाइएको छ ।