ललिता निवास जग्गा प्रकरणमा बयान दिनुपर्ने भएपछि स्वदेश फर्किए माधव नेपाल
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वदेश फर्किएका छन् । सोमबार बिहान उनी युरोप भ्रमण छोट्याएर उनी नेपाल फर्केका हुन् ।
नेपाल १५ दिने भ्रमणका लागि युरोप प्रस्थान गरेका थिए । तर बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा बयान दिनुपर्ने भएपछि उनी चाँडै स्वदेश फिर्ती भएका हुन् । नेपाल प्रधानमन्त्री भएका बेला बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने नीतिगत निर्णय भएको थियो ।
सर्वोच्च अदालतले नीतिगत निर्णय गर्ने मन्त्रिपरिषदका नेतृत्वकर्तालाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएपछि नेपालसँग बयान लिन लागिएको हो ।
स्रोतका अनुसार माधव नेपालसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले माधव नेपाल र बाबुराम भट्टराईलाई निवासमै बयान लिने तयारी गरेको छ ।