सानिमा जिआईसी इन्स्योरेन्सको सञ्चालकमा भट्टराई नियुक्त


काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको साउन २८ गते बसेको बैठकले डा.अनलराज भट्टराईलाई सञ्चालकमा नियुक्त गरेको कम्पनी सचिव सुबोधलाल श्रेष्ठले जानकारी दिए । कम्पनीका अनुसार भट्टराईलाई आगामी ४ वर्षका लागि सञ्चालक पदमा नियुक्त गरिएको हो ।

उनले कम्पनीमा स्वतन्त्र सञ्चालकको प्रतिनिधित्व गर्नेछन् । कम्पनी ऐन, २०६३ को दफा ८६ को उपदफा ३, बीमा ऐन, २०७९ को दफा ४९ को उपदफा २ तथा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० को दफा ६ बमोजिम भट्टराईलाई नियुक्त गरिएको हो । भट्टराई काठमाडौं महानगरपालिका १६ बालाजुका स्थानीय हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *