सामसङद्धारा ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ सार्वजनिक
काठमाडौं । सामसङले सोल्टी होटल, काठमाडौंको प्रिभे नेपालमा आयोजित एक भव्य कार्यक्रममा सामसङ्गले अत्यन्त चासोका साथ प्रतिक्षा गरिएको आफ्नो सबैभन्दा उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ प्रस्तुत गरेको छ । सामसङ्गका सह उपाध्यक्ष सुङ जुन पार्क, सामसङ्गका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल २०२२ सुश्री प्रियँकारानी जोशीद्वारा संयुक्त रुपमा संयुक्त रुपमा ती नयाँ मोबाइलहरुको अनावरण गरिएको थियो । अनावरण कार्यक्रमको दौरान नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड५ को विभिन्न विशेषताहरु जस्तै पकेटेबिलिटी, कभर स्क्रीन,फ्लेक्स मोड, वाइड स्क्रीन, ईमर्सिभभिउइंग, सेल्फि र आईपीएक्स रेटिंगलाई फेसन रन–वेमा मोडलहरुले प्रदर्शित गरेका थिए । चार वर्ष अघि, सामसङले फोल्डेबल स्मार्टफोन अन्तर्गत क्रान्तिकारी उपकरणहरुको सुरुवात गरेको थियो । सामसङले निरन्तर रुपमा ग्यालेक्सी जेड सिरिजलाई उत्कृष्टता र परिष्कृत गर्दै लगेको छन् । ग्यालेक्सी जेड फ्लिप५ को नयाँ फ्लेक्स विण्डोमा कन्टेन्ट सिर्जना गर्नेदेखि ग्यालेक्सी जेड फोल्ड ५ मा मल्टीटास्किंगहरु गर्नसम्म सकिने, ग्यालेक्सी फोल्डेबलको यी सिरिजले आजका प्रयोगकर्ताहरुको उच्चतम आवश्यकताहरुलाई पूरा गरेर त्यसलाई अझ नयाँ स्थरमा पुर्याउनेछन् । सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने । दुवै ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५लाई धेरै टिकाऊ बनाउन सावधानीपूर्वक निर्माण गरिएको छ । मेन स्क्रीन शक डिस्पर्शन तहका साथ जडान गरिएको छ। यसका साथै आईपीएक्स ८ को रेटिंग, आर्मर अलुमिनियम फ्रेमहरु, र गुरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ । यसमा नयाँ एकीकृत हिन्ज मोडल जडित छ जसले बाह्य असरहरुलाई फैेलिन दिदैैन । यसको खोज उद्देश्यमूलक रुपमै अधिकतम दिगोपनाको लागि गरिएको हो ।
उत्पादनको लाइफ साइकल बढाउन हरेक उपकरण ५ वर्षको सेक्यूरिटि अपग्रेड र ४ पुस्ताको ओएस अपग्रेडको साथ उपलब्ध छ । ग्यालेक्सी जेड फ्लिप५ सम्झौता बिना स्व–अभिव्यक्त गर्ने ल्टिमेटपकेटेबल उपकरण ग्यालेक्सी जेड फ्लिप ५सेल्फ एक्सप्रेसनको लागि निर्मित पकेट साइजको उपकरण हो जसले स्टाइलिस, उत्कृष्ट फोल्डबलअनुभव प्रदान गर्दछ । ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङ्गहरु मिन्ट, लाभेण्डर र कालोमा उपलब्ध छ । यो ८ं २५६ जिबि मा मात्र उपलब्ध छ र यसको मुल्य रु.१३९,९९९ तोकिएको छ । ग्यालेक्सी जेड फोल्ड५ः वाइड स्क्रीनयुक्त अल्टिमेटप्र डक्टीभीटी भएको पावरहाउस वाइड स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलोर हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो छ, साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ । ग्यालेक्सी जेड फोल्ड ५ कालो र निलोगरी २ प्रकारका आकर्षक रङ्गहरुमा पाइनका साथै १२ जिबि मेमोरी सहितका २५६ जिबि र ५१२ जिबि स्टोरेजमा उपलब्ध छन् । ग्यालेक्सी जेड फोल्ड५ १२ं२५६ जिबि को मुल्य रु.२२६,९९९। र ग्यालेक्सी जेड फोल्ड५ १२ं५१२ जिबि को मुल्य रु.२३९,९९९÷ कायम गरिएको छ । यी मोडलहरुको प्रि अर्डर २०८० साउन २२ गतेदेखि नै शुरु भइसकेको छ । यसका साथै हरेक फोल्डेबल डिभाइसको प्रि–अर्डरमाग्राहकहरुले रु.२५,०००र सम्मको फाइदा हुने केही आकर्षक उपहारहरु पनि रोज्न सक्नेछन् । प्रि अर्डर उपहारहरु यसप्रकार छन् । यसका साथै ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शुन्य प्रतिशत ब्याजमा प्रति महिना रु.७,००० सम्मको न्यूनतम इएमआइ तिरेर फोन किन्न सक्नेछन् । सामसङ इन्स्टा फाइनान्स २२ वटा सामसङ एक्स्पेरियस् स्टोरको साथै देश भरिका २०० भन्दा बढी पसलहरुमा उपलब्ध छ । यसैगरी आफ्नो फोन अपग्रेड गर्न चाहना हुने ग्राहकहरुको लागि एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइएको छ । सामसङ्गले आफ्ना ग्राहकहरुका लागि एक पटकको ब्रेकेज इनसुरेंस र प्रोटेक्टिभ फिल्म रिप्लेस्मेन्ट पनि एक वर्षको लागि उपलब्ध गराएको छ ।