सुन तस्करी नियन्त्रण गर्न कर लगाएर आयात खोलौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन तस्करी नियन्त्रणका लागि कर लगाएर आयात खोल्नुपर्ने बताएका छन् ।

कांग्रेस संसदीय दलको सोमबारको बैठकमा देउवाले कर तिरेर सुनको आयात खुलाउनुपर्ने धारणा राखेका हुन् । कांग्रेसका सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा देउवाले सुनमा कर लगाएर आयात खोल्नुपर्ने बताएका हुन् । ‘वर्षौंदेखि सुन तस्करी हुने गरेको छ। रोक्न सकिएको छैन,’ देउवाले भने, ‘न्यूनतम कर लगाएर सुन आयात खोल्नुपर्छ, नत्र यो समस्या जहिले पनि रहिरहने भयो।’

सुन तस्करी प्रकरणले अहिले संसद् अवरुद्ध बनेको छ । माओवादी नेतृत्वको सरकार नै सुन तस्करी प्रकरणले अप्ठेरोमा परेको छ । कांग्रेसका सांसदहरू पनि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने पक्षमा रहेका छन् । देउवाले कर लगाएर सुन आयात गरेमा तस्करी नियन्त्रण हुने धारणा राखेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *