कृष्णबहादुर महराबारे छानबिन गर्न प्रहरीलाई भनिसकेको छु : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नौ किलो सुन तस्करीमा मुछिएका आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराबारे छानबिन गर्न प्रहरीलाई भनिसकेको बताएका छन् ।
मंगलबार बालुवाटारमा सम्पादकहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सुन तस्करीमा संलग्न जोसुकैलाई पनि कारबाही गर्ने कुरामा आफू स्पष्ट रहेको बताए ।
उनले भने, ‘मैले महराजीलाई पनि बोलाएर यो प्रकरणमा तपाईंको कुरा के हो क्लियर गर्नुस् भनेको छु । प्रहरीको नेतृत्वलाई निष्पक्ष छानबिन गर्नुस् । दोषी कोही नउम्किऊन्, निर्दोष नपरून् भनेको छु ।’