मुगुमा भएको जीप दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले मुगुमा भएको जीप दुर्घनाप्रति दुःख व्यक्त गर्दै जीप दुर्घनामा परी घाइते भएकाहरुको उपचारका लागि सरकारसँग माग गरेको छ ।

कांग्रेसले मंगलबार एक विज्ञप्ती जारी गर्दै साउन २९ गते उक्त जीप दुर्घनामा परी मृत्यु भएका व्यक्तिप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरुको उचारका लागि सरकारसमक्ष माग गरिएको पाटीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

साउन २९ गते सोमबार मुगु जिल्लाको सोरूकोटबाट गमगढीतर्फ जादै गरेको ज १ च ७७७२ नं. को जीप सोरु गाउँपालिका वडा नं. ७ मा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको र ४ जना सख्त घाइते भएका थिए ।

नेपाली कांग्रेसले मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनहरुप्रति गहिरो समवेदना प्रकट गरेको ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *