काठमाडौं जिल्ला क्रिकेटको अध्यक्षमा घले, सदस्यमा पूर्वकप्तान पारस


काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा दिवाकर घले सर्वसम्मतले निर्वाचित भएका छन्। साधारणसभाले उपाध्यक्षमा अजयविर पाण्डेलाई चुन्दा सचिवमा किरण राणा निर्वाचित भए। कोषाध्यक्षमा विजितध्वज चन्द पनि सर्वसम्मत चयन भए। सदस्यमा राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भए।

अब उनी प्रदेश प्रतिनिधि हुँदै बागमती प्रदेश अध्यक्षमा प्रत्याशी हुनेछन्। प्रदेशपछि उनी केन्द्रमा पनि चुनाव लड्न सक्नेछन्। काठमाडौंको सदस्यमा अमृता पौडेल, मनिष कुमार उपाध्याय ढुंगेल, अरुण सत्याल, विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमाल राज गिरी, धिरेन्द्र लाल श्रेष्ठ र ज्योती गुरुङ गरी १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गर्यो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *