दुबै पक्षको संवादको माध्यमबाट अनशनरत आरति रावलको माग सम्बोधन गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । मानव अधिकार आयोगले विगत लामो समयदेखि काठमाडौँस्थित माइतिघर मण्डलामा दोषीलाई कानुनी कारबाहीको माग राख्दै अनशन बसेकी आरति रावलल दुबै तर्फबाट संवादको माध्यमबाट समस्याको सामाधान गर्न मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दैं मानव अधिकार आयोगले निरन्तर अनुगमन गरिरहेकाले अहिले अनशनरत महिलाको स्वास्थ्य अवस्था वर्षाका कारण र खानपानका कारण दैनिक विग्रदैँ गएको थाहा पाएपछि मानव अधिकार आयोगले सरकारलाइ यस्तो आग्रह प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

धनुषाकी आरति साहको मृत्युको घटनाका दोषीलाई शीघ्र कारवाही हुनुपर्ने माग राखी करिब दुई महिनादेखि मृतक साहका आफन्तहरू र वैवाहिक बलात्कारको आरोपका दोषीलाई प्रभावकारी कारवाहीको माग गर्दै आरति रावल अनशन काठमाडौँ माइतीघर मण्डलामा अनशन बसिरहेकी छिन् । अनशरत पक्षहरूको माग सम्बोधनका लागि हालसम्म सरकारका निकायबाट कुनै पनि पहल नभएको पीडितहरूको गुनासो रहेकोे छ । दोषीलाई कानुनी कारबाहीको मागको विषय न्याय र मानव अधिकारसँग प्रत्यक्ष सरोकारको विषय हो ।

अतः निरन्तर अनशनका कारण व्यक्तिको स्वास्थ्यमा पर्नसक्ने जोखिमप्रति संवेदनशील हुँदै संवादको माध्यमबाट समस्याको समाधान गर्न, दुवै पक्षको मागको न्यायोचित सम्बोधन गरी अनसरत व्यक्तिहरूको मानव अधिकारको रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ जारी विज्ञप्तीमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *