एभरेष्ट बैंकले ल्यायो चाडपर्व लक्षित स्किम
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ठूला चाडपर्वहरु तीज, दशैं, तिहार र छठको अवसरमा ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’ को घोषणा गरेको छ । भाद्र १ गतेदेखि लागू हुने यस अफरमा न्युन ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको बैंकले जनाईएको छ ।
बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार यस अफर अन्तर्गत घर कर्जा १०.७४ प्रतिशतको स्थिर व्याजदरबाट शुरु हुनुका साथै घर निर्माणका लागि १०० प्रतिशतसम्म बैंक लगानी रहने छ । सवारी कर्जा १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा प्राप्त गर्नुका साथै विद्युतीय सवारीमा ८० प्रतिशतसम्म बैंक फाइनान्स रहने छ । साथै व्याक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा शेयर कर्जाको समेत उपभोग गर्न सकिने बैंकले बताएको छ । तीन महिनाको लागि लागु हुने ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’ मा कृषि साना तथा मझौला कर्जा आधार दर र १.५० प्रतिशतको प्रिमियम दरमा उपभोग गर्न सकिने छ ।