नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक हुने

काठमाडौँ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक गर्ने आदेश दिएको छ ।

न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासले सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक गर्ने आदेश दिएको हो । बिहीबार उच्च अदालतमा नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डेसहित १० जनाको पुनरावेदनमा सुनुवाइ भएको थियो ।​

बिहीबार सचिव पाण्डेसहित, सानु भण्डारी, डा. ईन्द्रजित राई, हरिभक्त महर्जन, आङटावा शेर्पा, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया, नरेन्द्र केसी र गोबिन्द चौधरीको पुनरावेदन निवेदनमाथि सुनुवाइ भएको हो ।

पूर्वगृहमन्त्री वालकृष्ण खाँण, टोपबहादुर रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायतको पुनरावेदनमाथि भने बिहीबार सुनुवाइ भएन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *