एसएसपी डा.मनोज केसी र एसएसपी दानबहादुर कार्की सरुवा

काठमाडौं । गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपीलाई हटाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा.मनोज केसी र काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्कीलाई सोमबार सरुवा गरिएको हो ।

अपराध अनुसन्धान कार्यालयका सोमेन्द्रसिंह राठौर तथा जिल्ला प्रहरी परिसरमा भूपेन्द्र खत्रीको सरुवा गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *