निफ्रा बैंकको सञ्चालकमा सुवेदी नियुक्त
काठमाडौं । पुर्वाधार विकास बैंक (निफ्रा)को सञ्चालकमा प्रविण सुवेदी नियुक्त भएका छन् । बैंकको भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले सुवेदीलाई सञ्चालक पदमा निुक्त गरको हो ।
सुवेदी सर्वसाधारण समूहतर्फको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । बैंकको अध्यक्ष संस्थापक समूहबाट अनुज अग्रवाल छन् भने श्रीकृष्ण नेपाल, रत्नराज बज्राचार्य, लालमणी जोशी, शंकरप्रसाद अधिकारी र लिमा अधिकारी आचार्य सदस्य छन् ।