प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्धका उजुरीकर्ताले सुनुवाई प्रक्रियामा के उठाए प्रश्न ?

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठविरुद्धका उजुरीकर्तासँग संसदीय सुनुवाइ समितिले छलफल सुरु गरेको छ । उजुरीकर्ता एसके तिमिल्सिनासँग समितिले छलफल सुरु गरेको हो ।

आफूलाई अधिवक्ता, लेखक र अनुवादक भनेर चिनाएका उनले आफू विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिको सिफारिसको विरुद्धमा नभएको तर सिफारिस गर्ने संवैधानिक परिषदको बैठक र निर्णय संविधानसम्मत अनुसार नभएको बताएका छन् । संसदीय सुनुवाइ प्रक्रियामा नै प्रश्न उठाए ।

गैरसंवैधानिक सिफारिस अनुमोदन गर्न नहुने उनको भनाइ छ । न्याय व्यवस्था लागू गर्ने निकायको प्रमुख संविधानसम्मत नियुक्त हुनुपर्ने कि नपर्ने ? भन्दै प्रश्न खडा गर्दै उक्त माग सम्बोधन नभए शासन प्रणालीलाई राणाशासन भन्नुपर्ने अवस्था आउने समेत उनले उल्लेख गरे । समितिका अनुसार उनीसँगको छलफल सकिएपछि प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग सुनुवाइ गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *