सिआईबीलाई बयान दिएपछि बाबुरामले भने– ललिता निवास मुद्दा टुंगोमा पुग्नुपर्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरण सफल टुंगोमा पुग्नुपर्ने बताएका छन् । आइबार राति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई निवासमै बयान दिएपछि उनले यसबारे टिप्पणी सार्वजनिक गरेका हुन् ।

‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो सुरूदेखिको सार्वजनिक प्रतिबद्धताबमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी० लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु । यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु,’ बाबुरामले सोमबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन् ।

सर्वोच्च अदालतले नीतिगत निर्णय गर्नेमाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि बाबुरामले आफू बयान दिन तयार रहेको बताएका थिए । त्यसैले आइतबार राति बाबुरामको निवासमा पुगेर सिआईबीले बयान लिएको हो । सिआईबीले आइतबार राति नै माधवकुमार नेपालसँग पनि बयान लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *