चारदेशीय महिला क्रिकेट सिरिजमा हङकङमाथि नेपालको सहज जित

काठमाडौं । मलेसियामा भएको चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।

हङकङबाट पाएको ८५ रनको विजयी लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि सम्झना खड्का सर्वाधिक ३६ रन बनाउँदै अविजित रहिन् उनले ३६ बलमा ५ चौका सहित ३६ रन बनाईन ।

यस्तै ओपनरका रुपमा गएकी पूजा महतोले १८ बलमा १६ रन जोडिन् । उनी कप्तान क्यारी चानको बलमा बोल्ड हुन पुगिन् । अर्की ओपनर बिन्दु रावल शुन्यमै क्युरा साहारको बलमा एलबीडब्ल्यू बोल्ड भइन् । तेस्रो क्रममा आएकी इन्दुले १३ बलमा ९ रन जोड्दै मरिको हिलको बलमा बोल्ड भइन् । कप्तान रुबिना क्षेत्री २० बलमा १ चौका सहति १० रनमा मार्यम बीबीको बलमा बोल्ड भइन् । सीता राना मगर ८ बलमा २ रनसहित अविजित रहिन् ।

हङकङका लागि कप्तान क्यारी चान, क्युरा साहार, मरिको हिल र मर्याम बीबीले समान एक विकेट लिए । त्यसअघि, वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.१ ओभरमा अलआउट हुँदै ८४ रन बनाएको थियो ।

पूजाले आज डेब्यु खेलमा ३ ओभर बलिङ गर्दै १ मेडन सहित ५ रन खर्चिइन् । कप्तान रुबिना क्षेत्रीले २ ओभरमा १५ रन खर्चेर १ विकेट तथा इन्दु बर्माले २.१ ओभर बलिङ गर्दै ४ रन खर्चेर २ विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *