चण्डेश्वरी सहकारीले असोज ६ गते ३१ औं साधारणसभा


काभ्रे । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिको ३१औँ साधारण सभा आगामी असोज ६ गते गर्ने भएको छ । संस्थाको संचालक समितिको मिति २०८० सावन १३ गते बसेको बैठकको निर्णयले विविध बिषयहरु सहित बनेपा ५ स्थीत स्मार्ट प्यालेसमा उक्त साधारणसभा हुने स‌ंस्थाले जानकारी दिएको छ । चण्डेश्वरी साकोस नेफस्कुनको ३६ औँ स्थापना कार्यक्रमको अवसरमा नेपालकै उत्कृष्ट बचत तथा ऋण सहकारीको रुपमा सम्मानित संस्था हो ।

संस्थामा ९ हजार २ सय ५० जना सदस्य छन् । साउन मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको कुल सम्पत्ति १ अर्ब २९ करोड ९८ लाख रुपैयाँ रहेको छ । संस्थाको सेयर पुँजी ११ करोड १८ लाख, जगेडा कोष ११ करोड ९९ लाख, अन्य कोष ३६ लाख, बचत ९६ करोड ७१ लाख, लगानी १ अर्ब ३ लाख र कुल संस्थागत पुँजी ११ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *