काठमाडौंमा चितुवाको आक्रमणबाट एक घाइते
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन् । कुखुराको खोरमा पसेपछि थुनेर राखिएको छ । चितुवाको आक्रमणबाट सामान्य घाइते भएका एकजनाको अहिले उपचार भइरहेको छ । रसुवाका पुन्यप्रसाद तामाङले पालन गरेको कुखुरा फर्ममा चितुवा छिरेको थियो ।
तामाङ सोही ठाउँमा रहेको हुँदा चितुवाले झम्टिएको हुन सक्ने बताइएको छ । उनी सामान्य घाइते छन् । उनलाई अहिले ट्रमा सेन्टरमा राखिएको छ । कीर्तिपुर वृत्तका डीएसपी राजु लामाले दिएको जानकारी अनुसार कुखुराको खोरभित्रै रहेको चितुवाको अहिले उद्धारको प्रयास हुँदैछ ।