जनसचेतन बचतमा १६.०६ प्रतिशत तरलता
काठमाडौं । जनसचेतन बचत तथा ऋण सहकारी संस्थामा तरलता १६.०६ प्रतिशत रहेको छ । संस्थाको चालु आर्थिक बर्षको साउन मसान्तसम्मको विवरणले यस्तो देखाएको हो । त्यस्तै, साउन मसान्तसम्म संस्थाको सेयर पुँजी १६ करोड ५९ लाख १४ हजार रहेको छ भने कुल बचत १ अर्ब ६५ करोड ७३ लाख ७० हजार रुपैंया रहेको छ । संस्थाको जगेडा कोषमा १७ करोड १४ लाख ६ हजार रुपैंया रहेको छ ।
![](https://satyagrahaonline.com/wp-content/uploads/2023/08/jjj.jpg)
संस्थाको अन्य कोषहरुको रकम पनि १३ करोड ८९ लाख ३३ हजार रकम रहेको छ । कुल संस्थागत पुँजी भने १७ करोड ३१ लाख ५० हजार रहेको छ । संस्थाले १ अर्ब ८२ करोड ३ लाख ८८ हजार ऋण लगानी गरेको छ । यस अवधिमा संस्थाको २६ करोड ६१ लाख रुपैंया तरलता रकम रहेको छ भने कुल सम्पती २ अर्ब ३५ करोड ३ लाख ५५ हजार भन्दा बढी रहेको छ । संस्थामा २७ हजार ६२४ सदस्य आवद्ध छन् भने ४ हजार ४६७ जना कुल ऋणी सदस्य रहेका छन् ।