मुलुकमा सुशासन कायम राख्न नेताहरु स्वयं सुध्रिनुपर्छ : कांग्रेस नेता कोइराला
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न नेताहरु स्वयं सुध्रिनुपर्ने बताएका छन् ।
नेता कोइरालाले मुलुकमा विद्यमान भ्रष्टाचाररदण्डहीनताको अन्त्य र सुशासन कायम गर्न नेताहरु स्वयं सुध्रनुपर्ने आवश्यकता औंल्याएका हुन् । नेपाल वित्तीय संस्था कर्मचारी संघ ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले शुक्रबार जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भ्रष्टहरुलाई कारबाहीको दायरामा नल्याएसम्म नेपाली जनता र अन्य मुलुकहरुले पनि नेपालका राजनीतिक नेतृत्वलाई विश्वास गर्ने अवस्था नरहेको पटकपटक दोहो¥याए । नेता कोइरालाले सबै राजनीतिक दलहरुले मुलुकमा सुशासन दिने मामिलामा प्रण गरेर अघि बढ्नुपर्ने बताए ।
नेता कोइरालाले भ्रष्टहरुलाई कारबाहीको दायरामा ल्याउन सकेमात्रै मुलुकलाई समृद्ध बनाउने जग तयार हुने बताए ।