कान्तिपुर सेभिङ्गका पीडितले चैतसम्ममा बचत फिर्ता पाउने


काठमाण्डौं । काठमाडौंको मिनभबनमा मुख्य कार्यालय रहेको कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको ओ अपरेटिभका सदस्यहरुले आगामी चैत्र मसान्तसम्ममा बचत फिर्ता पाउने भएका छन् । सहकारी विभागमा बचतकर्ता र सञ्चालकबीच भएको छलफल अनुसार आगामी चैत्रभित्र बचत फिर्ता दिने सहमती जुटेको हो । विभागमा भएको ५ बुँदे सहमती अनुसार चैत्र मसान्तसम्म सम्पूर्ण हिसाब फरफारक गरी बचतकर्ताको बचत रकम फिर्ता गर्ने र त्यसका लागि भदौ २० गतेभित्र बचत रकम फिर्ता गर्ने समय तालिका तयार गरी विभागमा पठाउने सहमति भएको छ ।

समस्या समाधान गर्न पीडित सहितको कार्यदल बनाउने,प्रत्येक महिनाको प्रगति विवरण पीडित सहितको कार्यदल र सञ्चालक समितिको निर्णय पत्र प्राप्त भईसकेपछि प्रगति हेरी विभागले अर्को महिनाको कार्ययोजना कार्यान्वयन लागि समय उपलब्ध गराउने र कार्ययोजना प्रगति सन्तोषजनक नभएको भनी पीडित समितिका सबै सदस्यहरुले निर्णय गरी विभागमा पेश हुन आएमा जुनसुकै बखत सहकारी संस्थालाइ समस्याग्रस्त घोषणा गर्न विभागले सिफारिस गर्ने सहमतिमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *