शिखर इन्स्योरेन्सका महिला कर्मचारीले महिनावारी बिदा पाउने
काठमाडौं । र्निजिवन बिमामा उत्कृष्ट कम्पनी शिखर इन्स्योरेन्स कम्पनीमा कार्यरत महिला कर्मचारीले महिनावारी बिदा पाउने भएका छन् । इन्स्योरेन्सले महिला कर्मचारीलाई महिनावारी हुदाँ प्रत्येक महिनामा एक दिन बिदा दिने भएको छ । चालु आर्थिक वर्ष २०८०।८१ लागेसँगै कम्पनीले महिला कर्मचारीलाई उक्त सेवा सुविधा दिँदै आएको कम्पनी स्रोतले जानकारी गराएको छ । यससँगै शिखर इन्स्योरेन्समा काम गर्ने महिला कर्मचारीले महिनामा एक दिन स्वेच्छिक बिदा पाउने भएका छन् । शिखरले शुरू गरेको यो अभ्यास नयाँ हो । यसअघि बीमा क्षेत्रमा यस्तो अभ्यास लागू भएको थिएन ।
‘महीनावारी हुँदा महिलाको स्वास्थ्य कमजोरसँगै उनीहरुलाई शारीरिक पीडा हुन्छ, यो अवस्थामा आरामको एकदमै जरुरत पर्छ र काममा एकाग्रता कम हुने भएकाले पनि हामीले महिनामा एक दिन स्वच्छिक बिदा दिने निर्णय गरेका हौं । हाल कम्पनीमा ६ सय बढी कर्मचारी कार्यरत छन् । जसमध्ये करिब ५० प्रतिशत महिला कर्मचारी कार्यरत रहेका इन्स्योरेन्सले जानकारी गराएको छ ।