पहिचानको कुरा गर्दा अरुको धर्म र आस्थाको पनि सम्मान गरौं : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिचानको कुरा गर्नेले अरुको धर्म र आस्थाको पनि सम्मान गर्नुपर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा सांसदले सोधको प्रश्नमा उत्तर दिँदै उनले कसैको पहिचान र आस्थामा खलल पु¥याउन नपाइने कानुनी व्यवस्था रहेको स्मरण गराएका हुन् । यदी कानुनविपरीत गतिविधिलाई राज्यले स्वीकार्न नसकिने भन्दै उनले संविधान र कानुनविपरीतका गतिविधि नगर्न आग्रह गरे ।
‘अनेकतामा एकता नेपालीको पहिचान हो। नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरुको धर्ममा चोट नपु¥याई आफ्नो धर्म मान्ने अधिकार दिएको छ’, उनले भने, ‘यहाँ समाजिक सह–अस्तित्व कायम हुन दिने कुरामा सरकार प्रतिवद्ध छ। एकअर्काको धर्मविरुद्ध हुने द्वेषपूर्ण कार्य र अभिव्यक्तिलाई सरकारले रोक्छ ।’
सामाजिक सद्भाव खलल गर्ने वा एकअर्कालाई द्वेष बढाउने काम सरकारले हुन नदिने उनको भनाई थियो ।