शिक्षा विधेयक संसदमा टेबुल गर्न किन ढिलाइ ? यसो भन्छन् प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तावित शिक्षा ऐनको विधेयक छिट्टै संघीय संसदमा टेबुल हुने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री दाहालले विधेयक छिट्टै टेबुल गर्ने बताएका हुन् ।
उक्त विधेयक मन्त्रिपरिषदबाट पारित भइसकेको छ ।
प्रधानमन्त्रीले भने,‘शिक्षा विधेयक छिट्टै संसदमा पेस गरिनेछ । केही दिन अगाडि नै पेस हुन सक्थ्यो । जनताको चासो र हामीले त्यसलाई गहन ढंगले अध्ययन गर्नुपर्ने, परिमार्जन गर्नुपर्ने कारणले ढिलो भयो । अब छिट्टै सदनमा प्रस्तुत हुँदैछ ।’