सहमतिय सरकार बनाउन कुर्सी छाड्न पनि तयार छु : पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन cले मुलुकलाई अघि बढाउन वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिय सरकार बनाउनुपर्ने बताएका छन् ।

टुरिष्ट बस एशोसियसन अफ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री किरातीले मुलुकका सबै समस्या समाधानका लागि प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिय सरकार बनाउनुपर्ने र यसका लागि आफु कुर्सी छाड्न पनि तयार रहेको बताए । मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्नका लागि सबैले त्याग गर्न तयार हुनुपर्ने भन्दै मन्त्री किरातीले राष्ट्रिय सहमतिका लागि आफुले जस्तोसुकै त्याग गर्ने जिकिर गरे । उनले सबै राजनीतिक दलहरु मिलेर नै संविधान जारी भएको भन्दै सवैको एकताबाट नै राष्ट्रिय समस्या समाधान हुन सक्ने बताए ।

त्यस्तै मन्त्री किरातीले एकात्मक राज्यका समयमा बनाइएको पर्यटन ऐनलाई अव संघीयता अनुसार परिवर्तन गर्नुपर्ने र यस क्षेत्रलाई अघि बढाउनुपर्ने धारणा राखे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *