पूर्वयुवराज पारस शाह अस्वस्थ
काठमाडौँ । पूर्वयुवराज पारस शाह अस्वस्थ भएका छन् । मुटुमा समस्या भएपछि उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पताल लगिएको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोद ढुंगेलले पारसलाई ह्याम्सको इमरजेन्सीमा भर्ना गरिएको पुष्टि गरे ।
तर के भएको भन्नेबारे आफूलाई यकिन नभएको उनले बताए । पारस शाह महाराजगन्जको चप्पल कारखाना नजिकै एक अपार्टमेन्टमा बस्दै आएका छन् । पारसको थप चेकजाँच जारी रहेको छ ।