कोशीका मुख्यमन्त्रीविरुद्ध परेको रिटको सुनुवाइ खतिवडा र माथेमाको इजलासमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज हुने भएको छ ।

आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्ध परेको रिटको सुनुवाई हुने भएको हो । यस अघि पनि यी दुई न्यायधिसको इजलासमा परेको सुनुवाई उनीहरुले गर्न असमति जनाएपछि स्थगित भएको थियो ।

मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए । विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको भन्दै सर्वोच्चमा रिट परेको हो । भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारणदेखाउ आदेश जारी गर्दै दिर्घकालिन असर पर्ने काम नगर्न समेत निर्देशन दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *