नबिल बैंकले काठमाडौंमा घरजग्गा बेच्दै
काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेका गैर बैंकिङ्ग सम्पत्तिहरु घरजग्गा तथा सवारी साधन बिक्री गर्ने भएको हो । बैंकको नाममा काठमाडौं महानगरपालिका २८ कमलादी अर्थात् काठमाडौंप्लाजास्थित २ वटा कित्ता घरजग्गा बिक्री गर्ने जनाएको छ ।
बैंकले कित्ता नम्बर १५०६ र १०५९ को क्रमशः ६३.५८ र ५८६.२४ वर्गमीटर गरी कूल ६४९.८२ वर्गमीटर अर्थात् १–४–१–३ रोपनी क्षेत्रफल भएको घरजग्गा बिक्री गर्ने बताएको छ । बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी ७ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।