नाडा अटो शो को टिकटिङ्ग पार्टनरमा ‘खल्ती’


काठमाण्डौं । भाद्र २६ देखि भाद्र ३१ सम्म हुन गइरहेको एक्स्पोमा ‘खल्ती’ले नाडासँग टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ। यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले ‘नाडा अटो शो २०२३’ को टिकट खल्ती मार्फत खरिद गरि एक्स्पोमा सहभागी हुन सक्नेछन्।

एक्स्पो मा बिद्यार्थी वर्गले रु १५० र अरुले रु २०० भुक्तानी गर्नुपर्ने टिकट शुल्कमा खल्ती मार्फत टिकट काट्दा २० प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्ने खल्तीले जनाएको छ। आयोजकका अनुसार यस वर्ष नाडा अटोमा १७ वटा चारपाङ्ग्रे, २३ वटा दुई पाङ्ग्रे, ६ वटा कमर्सियल भेहिकल कम्पनी, पाँच वटा बैंक तथा फाइनान्स कम्पनी र ३१ वटा स्पेयर पार्टस, लुब्रिकेन्ट र एसेसरिज गरी ८२ कम्पनीले आफ्ना उत्पादन प्रदर्शनी गर्नेछन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *