बिन्धबासिनी साकोसद्वारा एक्सेस बागमती प्रथम समुहको पाल्म वर्कसप सम्पन्न


काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले पाल्म वर्कसप सम्पन्न गरेको छ । संस्थाको व्यवस्थापन तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा एक्सेस बागमती प्रथम समुहको २९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको हो । बिन्धवासिनीका अध्यक्ष शान्तकुमार श्रेष्ठको अध्यक्षता एवं नेफ्स्कुनका कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यता नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा एक्सेस बागमती प्रथम समुहबाट बिन्धवासिनी साकोस लगाएत एकीकृत फ्रेण्डसिप साकोस, चण्डेश्वरी साकोस, जनसचेतन साकोस, मन्थली साकोस, विकु साकोस, शिक्षक कल्याण साकोस, श्री बाराही साकोस, सामुदायिक साकोस, सिद्धि गणेश साकोसको सहभागिता रहेको कार्यशालामा सहजिकरण नेफ्स्कूका वरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले गरेका थिए । संस्थाले सोही कार्यक्रमका अवसरमा नेफ्स्कूनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटालाई बधाई तथा सम्मान समेत गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *