एसिया कप : नेपाल र भारतको खेल पानीले अवरुद्ध

काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल पानीले अवरुद्ध बनाएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले खेल रोकिनुअघि ३७.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा छन् ।

नेपालका ओपनर कुशल भुर्तेल २८ रनमा क्याच आउट भएका थिए । त्यस्तै कप्तान रोहितले पौडेलले ८ बलमा ५ रन र भीम सार्कीले १७ बलमा ७ रन जोडेका थिए । कुलश मल्ल भने ५ बलमा २ रन जोड्दै आउट भएका थिए । गुल्सन झा उनले ३५ बलमा तीन चौकाको मद्दतले २३ रन बनाउँदै भने आसिफ शेख अर्धशतक बनाएर आउट भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *