कोशी सरकारविरुद्धको रिट न्यायाधीश चुडाल, सुवेदी र मल्लको पूर्ण इजलासमा

काठमाडौं । कोशी प्रदेशका सरकार विरुद्ध परेको रिट आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

कोशीका मुख्यान्त्री उद्धव थापाले प्रदेश सभाबाट असंवैधानिक रुपमा लिएको विश्वासको मत लिएको भन्दै दायर भएको रिटमा आजको न्यायाधीशहरु कुमार चुडाल, नहकुल सुवेदी र सपना मल्ल प्रधानको पुर्ण इजलासमा सुनुवाईका लागि पेसी तोकिएको हाे । पूर्ण इजलासमा एउटा मात्र मुद्दा रहेको छ। मुख्यमन्त्री थापाले भदौ ४ गते सभाको अध्यक्षता गरेका इस्राइन मन्सुरीलाई समेत मत हाल्न लगाएर जबरजस्ती विश्वासको मत लिएको भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सभामुखको भूमिकामा रहेका व्यक्तिले बराबर भएको अवस्थामा बाहेक अन्य अवस्थामा मतदान गर्न नमिल्ने दाबी कार्कीले रिटमा गरेका छन्। मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा ४६ सांसद मात्र हुने भएपछि ४७ सदस्य पुर्याउन प्रदेशसभाको अध्यक्षता गरिरहेका मन्सुरीले मतदान गरेका थिए।

उक्त रिटमा गत भदौ ७ गते प्रारम्भिक सुनुवाइ गर्दै अदालतले प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिले विश्वासको मत दिनु संविधान, संसदीय अभ्यास, संवैधानिक नैतिकता र सर्वोच्चले यसअघि प्रतिपादन गरेको सिद्धान्त विपरीत भएको ठहर गरेको थियो। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश पनि दिएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *