चौतर्फी आलोचित भएपछि बालेनले हटाए सिंहदरबारमा आगो लगाउने स्टाटस

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले सिंहदरबारमा आगो लगाउने स्टाटस फेसबुकबाट हटाएका छन् ।

काठमाडौं महानगरपालिकाका गाडीमा फेरि पनि अवरोध गरे सिंहदरबारमा आगो लगाउने धम्की दिएका बालेनले सोमबार बिहान सामाजिक सञ्जालबाटै स्टाटस हटाएका हुन् । शनिबार राति आफ्नी श्रीमती सविना काफ्ले सवार महानगरको गाडी कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेको भन्दै बालेनले संघीय सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए ।

बालेनको सो स्टाटस सामाजिक सञ्जालमा भाइरल बनेको थियो । साथै, बालेन पनि विवादमा तानिएका थिए । हाल नेपाल र भारतको क्रिकेट खेल हेर्न श्रीलंकामा रहेका बालेनले सोमबार सुटुक्क स्टाटस डिलिट गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *