नेपाल क्लियरिङ हाउसको सञ्चालकमा श्रेष्ठ नियुक्त


काठमाडौं । नेपाल क्लियरिङ हाउसको १७ भदौमा बसेको सञ्चालक समितिको बैठकले फाइनान्स कम्पनीहरुका तर्फबाट आईसीएफसी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको छ । यसअघि सञचालक रहेका रिलायन्स फाइनान्सका समाज प्रकाश श्रेष्ठको प्रमुख कार्यकारी अधिकृतमा पद्दोनति भएसँगै उक्त सञ्चालक पद रिक्त थियो ।

अमित श्रेष्ठको वाणिज्य बैंक तथा फाइनान्स कम्पनीको क्षेत्रमा २१ वर्ष भन्दा बढिको अनुभव छ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मार्फत प्रवर्द्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *