भारतविरुद्धको खेलमा अर्ना बियरले प्रत्येक छक्का र विकेटमा १ लाख पुरस्कार दिने घोषणा

काठमाडौं । अर्ना बियरले नेपाली खेलाडीले भारतविरुद्ध प्रहार गर्ने हरेक छक्काबापत नेपाली क्रिकेट टिमलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

यती ब्रेवेरीको उत्पादन अर्ना बियरले आइतबार सामाजिक सञ्जालमार्फत भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई एक–एक लाख र प्रत्येक चौकामा २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज दिउँसो सवा ३ बजे श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा भारतसँग प्रतिस्पर्धा हुँदैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *