महालक्ष्मी विकासका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न संस्थाका सेवामा विशेष छुट पाउने भएका छन् । स्वास्थ्य, श्रृँगार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँगको समन्वयमा आफ्ना ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । सम्झौता अनुसार जनकपुरधाम–९ मा रहेको नव जीवन हस्पिटल प्रालिले उपलब्ध गराउने हस्पिटल सर्भिसमा १५ प्रतिशत, फार्मेसीमा ७ प्रतिशत, अन्य परीक्षणमा २० प्रतिशत र कस्टमाइज हेल्थ प्याकेजमा २ हजार रुपैयाँ छुट पाउने छन् ।

यसैगरी हेटौंडा–४ मा रहेको क्राउन्स कलेक्सनको वुमन एसोसरिजमा १० प्रतिशत, भैरहवाको सिद्धार्थनगर–५ मा रहको न्यू बिजी बिन्सको फुड एन्ड बिभरेज सेवामा १० प्रतिशत छुट पाउने छन् । यस्तै मकावनपुरको मनहरी–७ मा रहेको मनहरी हेयर एन्ड ब्यूटी युनिसेक्स सैलुनले दिने ब्यूटी सर्भिसमा १० प्रतिशत छुट पाउने छन् । यसैगरी काठमाडौंको कोटेश्वर–३२ स्थित हुक हस्पिटालिटी प्रालिको फुट एनड बिभरेजमा १० प्रतिशत छुट पाउने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *