वीरगंज महानगरपालिकाले नेपाल भारतबीच हुने क्रिकेट खेल हेर्न पठनपाठन बन्द गर्ने

काठमाडौं । नेपाल भारतबीच हुने क्रिकेट खेल हेर्नका लागि वीरगंज महानगरपालिकाले सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

महानगरपालिकाले एसिया कप क्रिकेट नेपाल र भारतबीच सोमबार दिउँसो २ः ०० बजे देखि हुने भएकाले विद्यार्थीहरुमा क्रिकेट खेल प्रतिको उत्साह र भावना अभिवृद्धि गर्दै नेपाल टिमको हौसला बढाउन दिउँसो २ः ०० बजेपछि सम्पूर्ण पठनपाठन बन्द गर्ने निर्णय गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *