एकाएक केपी ओली पुगे प्रचण्डलाई भेट्न सिंहदरबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष ओली मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका थिए । स्रोतका अनुसार संसद्मा छलफल क्रममा रहेका विधेयक लगायत विषयमा दुई नेताबीच झन्डै एक घण्टा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणहरुको सेरोफेरोमा छलफल भएको हुन सक्ने बुझिएको छ । प्रधानमन्त्री प्रचण्ड दुई सातापछि संयुक्त राष्ट्रसंघ तथा चीन भ्रमणमा जाने कार्यक्रम छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *