कोशी सरकार विवाद : पूर्ण इजलासले मुख्यमन्त्री थापाले विश्वासको मत लिँदाको भिडियो हेर्ने

काठमाडौं । कोशी प्रदेश सरकारको वैधानिकता विवादमा सर्वोच्च अदालतको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो नै हेर्ने भएको छ ।

न्यायाधीश सपना मल्ल प्रधान, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा आज विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो हेर्ने व्यवस्था मिलाइएको हो ।

४ भदौमा कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत सच्याउने समयमा अर्का सदस्य गीता तिमिल्सिनालाई बैठकको अध्यक्षता गर्न लगाएर मतदान गरेका थिए ।

त्यसरी सभाध्यक्षको मत समेत जोडेर थापाले विश्वासको मत पुर्याएपछि एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट हालेका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश इशवर खतिवडाको इजलासले यसअघि नै कोशी सरकार असंवैधानिक भन्दै अन्तरिम आदेश दिइसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *