एसिया कप क्रिकेट : सोमपालले लिए जुत्तामा कोहलीको अटोग्राफ

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका फास्ट बलर सोमपाल कामीले भारतीय क्रिकेटर विराट कोहलीसँग अटोग्राफ लिएका छन् ।

उनले कोहलीको अटोग्राफ (हस्ताक्षर) भएको जुत्तासहितको तस्बिर तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । सोमपालले कोहलीसँगको तस्बिर राख्दै उनी एक क्रिकेटर मात्रै नभएको बताएका छन् । उनले भनेका छन्, ‘कोहली क्रिकेटर मात्रै होइनन्, उनी भावना हुन् ।’

सोमबार श्रीलंकामा भएको एसिया कप क्रिकेट खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो । जहाँ नेपाल १० विकेटले पराजित भयो । सोमपाल अर्धसतक बनाउन २ रनले चुकेका थिए । यसअघि एसिया कपमा भारतसँग प्रतिस्पर्धा गर्ने निश्चित भएपछि प्रतिक्रिया दिँदै सोमपालले भनेका थिए, ‘कोहलीको विकेट लिन्छु÷लिँदिन थाहा छैन, तर एउटा फोटो खिच्न मन छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *