कांग्रेसका सह महामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियारले सांघातिक आक्रमण
काठमाडौं । नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियारले सांघातिक आक्रमण भएको छ । रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो ।
यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटाको नामले चिनिने व्यक्तिले आक्रमण गरेको बताइएको छ ।