कृषि विकास बैंकको एडीबीएल स्मार्ट प्लस मोबाईल बैंकिङ
काठमाडौं । कृषि विकास बैंकले मोबाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने गरी मोबाइल बैंकिङको नयाँ भर्सन अपडेट गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङले बताए । बैंकले मोबाइल बैंकिङको नयाँ भर्सन एडीबीएल स्मार्ट प्लस आकर्षक इन्टरफेससहित जारी गरेको गुरूङले बताए । बैंकले विद्युतीय भुक्तानीको कारोबारमा जोड दिएको छ ।
कृषि विकास बैंकले ‘डिजिटल्ली एडीबीएल’ भन्ने नारासहित विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्राथमिकता दिएको गुरूङले बताए । बैंकका करीब पाँच लाख ग्राहकलाई मोबाइल बैंकिङ प्रयोग सहज बनाउनको लागि मोबाइल बैंकिङ एप्स अपडेट गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अपडेट गरिएको मोबाइल बैंकिङ प्रणालीमा मोवाईल बैंकिङको युजर पासवर्ड प्रयोग गरी बेवबाटै लगइन गर्न सकिने र यसरी लगइन गर्दा इन्टरनेट बैंकिङ सेवा सरहको भुक्तानी सीमा कायम हुने बैंकले बताएको छ ।