कोशी प्रदेश : हिक्मत कार्की मुख्यमन्त्री नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।

सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुुङले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीले केहीबेरमा सपथ लिँदैछन् । कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् ।

एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बने भएका छन् । सृजना राई सामाजिक विकास राज्यमन्त्री बनाउने तय भएको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *