प्रदीप गिरिको नाममा अस्पताल खोल्न सरकारले सहयोग गर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको नाममा अस्पताल खोल्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रदीप गिरि मेमोरियल ट्रस लाहनले गरेको कार्यक्रममा मेमोरिय अस्पताल खोल्न सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । साथै लाहनको बस्तीपुरमा सडक पूर्वाधार विकासमा पनि सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । गिरि नेपालको राजनीतिक, समाजिक रुपान्तरणका एक मौलिक विलक्षण चिन्तकको धनी रहेको उनले स्मरण गरे ।

‘उहाँको दार्शनिक चिन्तन, समाजवादी चिन्तन र राजनीतिक विश्लेषण आफ्नै आफ्नै मौलिक दृष्टिकोण थियो’, गिरिलाई सम्झँदै प्रचण्डले भने- ‘राज्यले आतंककारी घोषणा गरी हाम्रो टाउकोको मूल्य तोकेको अवस्थामा माओवादी सशस्त्र विद्रोह राजनीतिक सम्मस्याको रूपमा विश्लेषण गर्नुभयो । त्यहिअनुसार देउवासँग भेट गराउनुभयो ।’

गिरिले पुर्याएको योगदान, दार्शनिक चिन्तन, राजनीतिक विश्लेषण पछिको पुस्तासम्म स्मरण रहने उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *